एभरेस्ट महिला भलिबल लिग, कर्णालीले पोखराको सामना गर्ने

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को उद्घाटन खेलमा साबिक विजेता कर्णाली यसविसले पोखरा निन्जाजको सामना गर्नेछ । पोखरामा आयोजना हुने लिग शुक्रबारदेखि सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो दिनअन्तर्गत दोस्रो खेलमा साबिक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबिच हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने लिग २८ भदौसम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा चल्नेछ । 

प्रतियोगितामा कर्णालीसहित ललितपुर, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखराले गरी ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सहभागी टोलीले एकल राउन्ड रोविनका आधारमा एक–आपसमा प्रतिस्पर्धा गर्नेछन् । 

शीर्ष दुई स्थानमा रहने टोलीबिच फाइनल खेल हुने आयोजकले जनाएको छ । लिगका लागि १८ जना विदेशी खेलाडी आबद्ध भएका छन् पोखराले तेस्रो विदेशी खेलाडीका रूपमा रोमानियाकी ३२ वर्षीया एनामारिया बेरडिल्ला भिœयाएको छ । 

See More On

सुझावित समाचार