६ कर्मचारी जिल्ला न्यायाधीशमा सिफारिस

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण

न्यायपरिषद्ले जिल्ला अदालतमा ६ जना न्यायाधीश सिफारिस गरेको छ।

मंगलबार बसेको परिषदको बैठकले ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको हो।

परिषद्का अनुसार बुधबार सिफारिस भएकामध्ये न्याय समूहबाट ४ जना, कानुन समूहबाट एक र सरकारी वकिलबाट एकजना सिफारिस गरिएको छ।

परिषद्का अनुसार जिल्ला न्यायाधिवक्ता काठमाडौंका गोकुलबहादुर निरौला, उपरजिस्ट्रार अरुण कोइराला, स्रेस्तेदार कुलप्रसाद दाहाल, इजलास अधिकृत सूर्यप्रसाद भण्डारी, उपरजिस्ट्रार अनुपमा पन्त र उपसचिव विश्वदीप वेस्रालाई जिल्ला न्यायाधीशमा सिफारिस गरिएको छ।

सुझावित समाचार