सुनचाँदीको मूल्य बढ्यो

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख पाँच हजार तीन सय रुपैयाँमा काराेबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला  १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार ४७० रुपैयाँमा काराेबार भएको थियो ।

सुझावित समाचार