लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले निर्धारित एक अर्ब रुपैयाँ संकलन गरेको छ । यो फन्ड लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फन्ड हो । फन्डको मुख्य उद्देश्य जलविद्युत्, सौर्य, वायु ऊर्जा तथा अन्य क्षेत्रमा लगानी गरी दिगो ऊर्जा क्षेत्रको विकासमा सहयोग पुर्याउनु रहेको छ ।
लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक तथा लक्ष्मी सन्राइज क्यापिटल कोष व्यवस्थापक रहेको यस फन्डले निरन्तरको समर्थन र विश्वासप्रति लगानीकर्तामा आभारसमेत प्रकट गरेको छ । साथै, लक्ष्मी सन्राइज क्यापिटल ‘अपरेटिङ प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्ट’मा हस्ताक्षरकर्तासमेत रहँदै आएको छ ।