‘युक्रेन युद्ध अन्त्यबारे ट्रम्पसँग सहमति भएको छ’

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अलास्कामा भएको बैठकमा युक्रेन युद्ध अन्त्यबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘समझदारी’ भएको बताएका छन् । तर, उनले ट्रम्पले मध्यस्थता गर्ने युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग शान्ति वार्तामा सहमत हुने कि नहुने भन्ने बताएनन् ।

चीनमा भएको सांघाई शिखर सम्मेलनमा पुटिनले युक्रेनमा आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गर्दै फेरि एकपटक युद्धका लागि पश्चिमा देशलाई दोष दिए ।

अलास्का बैठकपछि अमेरिकी विशेष दूत स्टिव विटकफले पुटिनले शान्ति सम्झौताको अंशको रूपमा युक्रेनको लागि सुरक्षा ग्यारेन्टीमा सहमति जनाएका छन्, यद्यपि मस्कोले अझै यसको पुष्टि गरेको छैन ।

जारी संकट युक्रेनमा रुसी आक्रमणबाट उत्पन्न नभई युक्रेनमा भएको विद्रोहको परिणाम भएको भन्दै युद्धलाई पश्चिमाले उक्साएको आरोप लगाए ।

See More On

सुझावित समाचार