१२ अंकले बढ्यो नेप्से

सोमबार, १६ भदौ, २०८२
डिजिटल संस्करण

केही दिनदेखि घटिरहेको सेयर बजार नेप्से परिसूचक आज सोमबार भने १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा रोकिएको छ ।

यसअघि आइतबार नेप्से परिसूचक ३१.१७ अंकले घट्दै २७४९.८३ विन्दुमा बन्द भएको थियो । नेप्से बढे पनि आज सेयर कारोबारमा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ ।

यसअघि आइतबार ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँबराबरको एक करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर कारोबार भएको बजारमा आज सोमबार भने कुल ३२६ स्टकको पाँच अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँबराबरको एक करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर कारोबार भएको छ ।

See More On

सुझावित समाचार