टुँडिखेलमा गौरा पर्वको रौनक [फाेटाेफिचर]

आइतबार, १५ भदौ, २०८२
डिजिटल संस्करण

उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका छन्।

काठमाडौंको टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका हुन्।

उक्त पर्वमा टुँडिखेलमै देउडा गीत गाउँदै र नाच्‍दै रमाइलो गरेका छन्। साथै, महिलाहरूले सुदूरपश्‍चिमको सांस्कृतिक रूपमा परम्परागत पोसाक लगाएर देउडा नाचेका छन्।

यो पर्व चन्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो।

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनुहुँदैन। सिंह राशिमा सूर्य भएका वेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णय सिन्धु, हेमाद्रीलगायत ग्रन्थमा उल्लेख गरिएको छ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानीमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो।

सुझावित समाचार