जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, १५ भदौ, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आइतबार आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

उनीहरूउपर गैरकानुनी लाभ वा हानि-पुर्याउने बदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ।

सुझावित समाचार