सुनको मूल्य तोलामा तीन हजारले बढ्यो

आइतबार, १५ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । प्रतितोला तीन हजार रुपैयाँ बढेर आज प्रतितोला दुई लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने दुई लाख ६ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर आज प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार दुई हजार ३६० रुपैयाँमा कायम भएको थियो ।

See More On

सुझावित समाचार