‘अप्ठ्यारो परिस्थितिमा ओलीजस्तो बोल्ड लिडर आवश्यक’

आइतबार, १५ भदौ, २०८२
डिजिटल संस्करण

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका कारण अबको महाधिवेशनबाट पनि केपी ओलीको ‘बोल्ड नेतृत्व’ आवश्यक भएको बताएका छन् ।

प्रेस चौतारी नेपालले शनिबार गरेको अन्तर्क्रियामा ज्ञवालीले ओलीको नेतृत्वमा मात्रै पार्टीले वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने दाबी पनि गरे । पार्टीले संस्थागत निर्णय गरेर प्रणाली बसाइसकेकाले अब पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणको कुरा उठाउनु आवश्यक नभएको ज्ञवालीले बताए ।

उनले राष्ट्रपति र उपराष्ट्रपतिजस्ता पदमा पुगेका व्यक्तिहरू पार्टीमा आबद्ध हुनेभन्दा पनि देशकै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

सुझावित समाचार