लुना लुइँटेलले हात पारिन् मिस नेपालको ताज

शनिबार, १४ भदौ, २०८२
डिजिटल संस्करण

हिँड्न ट्रेजर मिस नेपाल वर्ल्ड २०२५ को ताज लुना लुइँटेलको शिरमा पुगेको छ। गोदावरीमा आज भएको फाइनलमा मिस नेपाल वर्ल्डको ताज लुनाले जितेकी हुन्।

दीपशिखा नेपाल फस्ट रनर अप, उरुषा भण्डारी सेकेन्ड रनर अप र सोनी घले थर्ड रनर अप भएका छन्। लुनाले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। घलेले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स जानेछिन्। साथै, सेकेन्ड रनर अप भण्डारी जापान, मिस कजमो नेपाल भियतनाम जानेछिन्। २६ जना प्रतिस्पर्धीमध्ये पहिलो चरणबाट १२ र त्यसपछि ४ प्रतियोगी गरेर अन्तिम ४ बाट प्रतियोगिताको विजेता छानिएको हो।

यसअघि पहिलो चरणको प्रतियोगिताबाट १२ जना प्रतियोगीहरू छानिएका थिए। २६ जना प्रतियोगिमध्ये सेमिफाइनलको अर्को चरणमा १२ जनाको नाम घोषणा भएको थियो।

सुझावित समाचार