बागलुङको जैमिनीमा जिप दुर्घटना, सातजना घाइते

बिहिबार, १२ भदौ, २०८२
डिजिटल संस्करण

जैमिनी नगरपालिका–१० नाम्दुकमा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । बागलुङ सरमुकामदेखि बरेङ गाउँपालिकातर्फ जाँदै गरेको ग१ज ७४८० नम्बरको जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा जिपचालक बरेङ गाउँपालिका–१ बासकोटका रबि थापा, सोही स्थानका  सुस्मिता परियार, विक्की परियार, सेती परियार, सुनिता परियार, मोहन परियार र चितवन भरतपुर महानगरपालिका–२६ का ज्योति मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिए । 

जिप घुम्ती मोड्ने बेलामा स्टेरीङ फेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटना भएको हो । घाइतेको उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको छ । 

सुझावित समाचार