नेप्से ५३ अंकले बढ्दा साढे सात अर्बको कारोबार

बुधबार, ११ भदौ, २०८२
डिजिटल संस्करण

बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ५३.०१ अंक (१.९१ प्रतिशत)ले बढेर दुई हजार ८१९.१० अंकमा पुगेको हो। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.७९ प्रतिशतले बढेको छ।

आज ३२१ कम्पनीका एक करोड ४९ लाख ८६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन नेप्सेका सबै १३ समूहको सूचक उकालो लागेका छन्। विकास बैंक सबैभन्दा धेरै ३.४० प्रतिशतले बढ्दा लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूह दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।

आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा समता घरेल् लघुवित्त, ग्रिन भेन्चर र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स क्रमशः ९, ८ र ७ प्रतिशतले उकालो लागेका छन्।

यता सर्वाधिक घटेको रिपब्लिक मिडियाका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरै गुमाएका छन्। सिवाइसी नेपाल लघुवित्त तीन प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ।
 

See More On

सुझावित समाचार