रविको मुद्दा न्यायाधीश विष्टको इजलासमा, ४ नम्बरमा पेसी

बुधबार, ११ भदौ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा  न्यायाधीश सागर विष्टको इजलासमा परेको छ। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा आफ्नो भागको बिगो बुझाउँदा पनि थुनामै पठाउने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछानेले उच्च अदालतमा सोमबार निवेदन दिएका थिए ।

लामिछानेले जिल्लाको आदेश बदर गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम थुनामुक्तिको माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले ५ नम्बर इजलासको ४ नम्बरमा पेसी परेको बताए । आज  लामिछानेको निवेदनको तर्फबाट  बहस हुन सक्ने पनि बताए ।

See More On

सुझावित समाचार