उस्तै मुद्दा, अदालत उही, न्यायाधीश पनि उही, आदेश भने फरक

टोखाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सहकारी ठगी मुद्दामा सफाइ, रविको भने धरौटी पनि अस्वीकार

बुधबार, ११ भदौ, २०८२
डिजिटल संस्करण
उस्तै मुद्दा, अदालत उही, न्यायाधीश पनि उही, आदेश भने फरक

न्यायाधीश बालकृष्ण ढकाल

उस्तै मुद्दामा उही अदालत र उही न्यायाधीश भए पनि ठुला दलका अरू नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हकमा फरक–फरक आदेश भएका छन्, जसलाई उनको पार्टी र समर्थकहरूले राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् ।

टोखा नगरपालिकाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतले गत साता मात्रै सफाइ दियो । नाङ्लो दीप सहकारीका सञ्चालक हुँदा निक्षेपकर्ताको करिब एक करोड ८३ लाख ठगी गरेको आरोपमा अधिकारीमाथि मुद्दा दायर भएको थियो ।

जिल्ला अदालतले ०७३ मा सफाइ दिएको भए पनि उच्च अदालत पाटनले उल्ट्याएर ०७५ मा अधिकारीलाई १८ लाख ३१ हजार जरिवाना र एक महिनाको कैद सजाय सुनाएको थियो ।

तर, सर्वोच्चले अधिकारीलाई सफाइ दियो । सफाइ दिने फैसला गर्ने र रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गर्ने दुवै संयुक्त इजलासमा न्यायाधीश बालकृष्ण ढकाल एकजना थिए । ढकाल र कुमार रेग्मीको इजलासले अधिकारीलाई सफाइ दिएको थियो ।

त्यस्तै, रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गर्ने इजलासमा न्यायाधीश नहकुल सुवेदीसँगै ढकाल पनि थिए । रवि सहकारीको सञ्चालक, सदस्य, ऋणी वा बचतकर्ता केही थिएनन् । तर, सहकारीको सञ्चालक र उपाध्यक्ष नै रहेका एमाले नेतासमेत रहेका अधिकारीले भने सफाइ पाए ।

See More On

सुझावित समाचार