काठमाडौंमा दुईदिने ‘एसुस एन्ड रोग गेमिङ डेज्’को आयोजना भएको छ। आइतबार काठमाडौंको पुतलीसडकस्थित आइटिटिआई स्टोर बाई नागमणि र गत साता शुक्रबार ललितपुरको लाबिम मलस्थित निओ गेमिङ स्टोरमा गरी दुईदिने कार्यक्रम आयोजना गरिएको हो।
विश्वकै लिडिङ गेमिङ ब्रान्डको रूपमा रहेको रिपब्लिक अफ गेमर्स (आरओजी)को घरको रूपमा रहेको एसुस नेपालले सो अवसरमा तीन नयाँ मोडलको गेमिङ ल्यापटपसमेत सार्वजनिक गरेको छ। आरओजी स्ट्रिक्स जी१६, टफ गेमिङ एफ१६ र एसुस गेमिङ भी १६ गेमिङ ल्यापटप आकर्षक मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछन्।
कार्यक्रममा नेपालका चर्चित इ–स्पोर्टस् टिममध्ये एक होर स्पोर्टसका ‘सी आर७ होर’ उपनाम भएका सन्जन गौतम विशेष अतिथिको रूपमा उपस्थित भएका थिए। गौतमले सो अवसरमा एसुसका नयाँ प्रोडक्ट सार्वजनिक गरेका थिए।
कार्यक्रममा एसुसका नयाँ मोडलको गेमिङ ल्यापटपको प्रयोगपछि गौतमले प्रोडक्टको तारिफ गरे। उनले एसुसका नयाँ गेमिङ ल्यापटपको पफर्मेन्स तारिफयोग्य रहेको, खेल्न सहज र आरामदायी भएको बताएका थिए।