काठमाडौ महानगरपालिका–१२, टेकु दोभानस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बालक बेपत्ता भएका छन्। बेपत्ता भएका बालकको खोजीकार्यको लागि सशस्त्र प्रहरीसमेत परिचालन भएको छ ।
सोही ठाउँ बस्ने ८ वर्षीय सुदीप गौतम पौडी खेल्ने क्रममा भाद्र ७ गते दिउँसो साढे २ बजे नदीमा डुबेर बेपत्ता भएका हुन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा विपत् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज उनको खोजीकार्यमा परिचालित भएको सशस्त्र प्रहरी बलले जनाएको छ।