प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबिच भेटवार्ता

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनबिच भेटवार्ता भएको छ । 

उनीहरूबिच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो ।

नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी थिइन् ।

यसअघि आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपराष्ट्रपति भो थी आन सुआनबिच भेट भएको थियो । उनी भ्रमण पूरा गरेर भदौ ९ गते स्वदेश फर्कने तालिका छ । 

सुझावित समाचार