‘नेपालमा पर्यटक भित्र्याउन बिक्री प्रवर्द्धन बढी प्रभावकारी’

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

नेपालमा पर्यटक भित्र्याउन बिक्री प्रवर्द्धन (सेल्स मिसन) बढी प्रभावकारी रहेको देखिएको छ । नेपाल पर्यटन बोर्ड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग व्यवस्थापन विभागको संयुक्त आयोजनामा भएको ‘इम्प्याक्ट अफ टुरिजम प्रमोसन इन नेपाल’ कार्यक्रमअन्तर्गत डा. सुशील अवालले गरेको विद्यावारिधिको शोध अनुसन्धानले यस्तो देखाएको हो ।

अवालले आफ्नो शोधमा विभिन्न देशबाट नेपाल घुम्न आएका चार सय पर्यटकलगायत पर्यटन व्यवसायीको तथ्यांकले नेपालमा पर्यटन भित्र्याउन सेल्स मिसन बढी प्रभावकारी देखिएको हो । 

कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपालमा पर्यटनको अथाह स्रोत र सम्भावना भए पनि विविध सीमितताका कारण पहिचान र प्रवर्द्धन गर्न कठिनाइ परिरहेको बताएका थिए । 

त्यसैगरी, व्यवस्थापन संकायका सहायक डिन प्राडा दिलीप पराजुलीले देशको पर्यटन क्षेत्रमा रोजगारीको ठुलो सम्भाव्यता रहे पनि यस क्षेत्रमा देखापरेको दक्ष जनशक्तिको अभाव परिपूर्ति गर्न पाठ्यक्रममा आधारित ६ वटा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको बताए । 

See More On

सुझावित समाचार