डा. नवराज केसीको प्रेरणादायी गैरआख्यान ‘स्वस्पर्श’ सार्वजनिक

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

डा. नवराज केसीको प्रेरणादायी गैरआख्यान कृति ‘स्वस्पर्श’ सार्वजनिक गरिएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, आख्यानकार तथा प्राज्ञ अमर न्यौपाने र लेखक डा. केसी स्वयंले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिकपछि आफ्ना भनाइ राख्दै आख्यानकार न्यौपानेले ‘स्वस्पर्श’लाई मानिसको मानसिक स्वास्थ्य सुदृढ पार्ने एक प्रभावकारी उपहार भएको बताए । ‘डाक्टरसँग भेट्दा मानिसको आधा रोग निको हुन्छ,’ उनले भने, ‘त्यसमाथि कथा सुनाएर उपचार गर्ने डा. केसीको यो पुस्तक मानसिक स्वास्थ्यका लागि थप ओखती बनेको छ ।’

त्यस्तै, वरिष्ठ चिकित्सक डा. कोइरालाले ‘स्वस्पर्श’लाई सबै उमेर समूहका लागि उपयोगी पुस्तकका रूपमा रहेको बताए । बालबालिका र मानसिक रूपमा विक्षिप्त मानिसहरूको उपचारमा पनि यो पुस्तक सहयोगी हुने उनको भनाइ थियो ।

लेखक डा. केसीले पुस्तकलाई आशा, प्रेरणा र खुसीका कथाको संग्रहका रहेको धारणा राखेका थिए । डा. केसीको यो दोस्रो गैरआख्यान कृति हो । यसअघि उनको ‘शून्यको मूल्य’ प्रकाशित छ । पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो ।

See More On

सुझावित समाचार