मुक्तिनाथ क्यापिटल लिमिटेड दार्चुला पावर लिमिटेडको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । दार्चुला पावरले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् प्रतिकित्ता एक सय रुपैयाँका दरमा ३० लाख कित्ता साधारण सेयर जारी गर्न क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरका अध्यक्ष सतिश न्यौपाने तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । दार्चुला पावरले हाल २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।