एसबिआई बैंकले गर्‍यो तीन संस्थासँग छुट सम्झौता

शुक्रबार, ६ भदौ, २०८२
डिजिटल संस्करण

नेपाल एसबिआई बैंकले विभिन्न तीन संस्थासँग छुट सम्झौता गरेको छ । बैंकले रामदा इनकोर, होलिडे इन रिसोर्ट तथा हिमाल डेन्टल र इन्स्टिच्युट अफ डेन्टल साइन्ससँग सम्झौता गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द तथा रामदाकी निर्देशक सीता रायमाझी, होलिडे इनका निर्देशक विख्यातविक्रम राणा र हिमाल डेन्टलका प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्टबिच सम्झौतापत्र आदानप्रदान भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत राजेशकुमार पन्डा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रवीणमुनि बज्राचार्य र होटेल तथा हस्पिटलका कर्मचारीको उपस्थिति थियो ।

यसअनुसार बैंकका ग्राहकले रामदा इनकोरमा खाना, पेय पदार्थ तथा आवास सुविधामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । त्यसैगरी, होलिडे इन रिसोर्टमा पनि १५ प्रतिशत, हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्समा दन्त उपचार सेवामा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ । 

सुझावित समाचार