सांग्रिला डेभलपमेन्ट बैंक र मध्यबानेश्वरस्थित किड्स क्लिनिकबिच छुट सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको बालुवाटार शाखाका प्रबन्धक मनोहर मल्होत्रा र क्लिनिकका निर्देशक डा. पुष्पराज अवस्थीले हस्ताक्षर गरे ।
जसअनुसार यस क्लिनिकको ओपिडी र ल्याबमा बैंकका सेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा डेबिट कार्ड र मोबाइल बैंकिङ ग्राहकले १० प्रतिशत छुट पाउनेछन् । बैंकले हाल मुलुकभर एक सय नौ शाखा कार्यालय र ३० वटा एटिएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।