टिसिएलका फ्रन्ट लोड वासर र ड्रायर बजारमा

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा टिसिएलका फ्रन्ट लोड वासर र ड्रायर सार्वजनिक गरिएको छ । सिजी इलेक्ट्रोनिक्सले बजारमा ल्याएका यी उपकरणले १० केजी र सात केजी लुगा सुकाउन सक्छ । यसमा रहेको ‘अल इन वन’ उपकरणले उत्कृष्ट धुलाइ क्षमता, स्वच्छता र सुविधा प्रदान गर्दै घरायसी लुगा धुने प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ । 

वासर ड्रायरमा स्मार्ट डिडी मोटर, हनिकम्ब ड्रम, दाग हटाउने, एयर वास, स्टिम वास, एन्टी माइट्स, कल स्क्रिनजस्ता नवीन सुविधा छन् । 

साथै, यसले कपडाको भित्री भागसम्मका ब्याक्टेरिया शतप्रतिशत नष्ट गर्ने, पटक–पटक धुँदा पनि नयाँझैँ रहने, जस्तोसुकै दाग पनि सफा गर्ने बताइएको छ । टिसिएल विश्वकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड तथा शीर्ष ग्लोबल टिभी निर्माता कम्पनी हो । सिजी कर्प ग्लोबलअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स सामान भिœयाउँदै आएको छ । 

See More On

सुझावित समाचार