रुपन्देही ३ को उपनिर्वाचनमा रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले भाग लिन नपाउने भएको छ । दल दर्ताका लागि निवेदन दिएका २७ दलहरूमध्ये कानुनी प्रक्रिया पूरा भएका २६ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
दल दर्ता नगराएकाले नागरिक उन्मुक्ति पार्टीले चुनावमा भाग लिन नपाउने भएको निर्वाचन आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि रिक्त भएको रुपन्देही ३ मा १७ कात्तिकमा उपनिर्वाचन हुँदै छ ।