मुगुको छायाँनाथ रारा नगरपालिकामा लगाइएको ताला खुल्यो

सोमबार, २ भदौ, २०८२
डिजिटल संस्करण

छायाँनाथ  रारा नगरपालिकामा लगाइएको ताला आइतबारबाट खुलेको छ। नगरपालिकामा गत बुधबारदेखि असन्तुष्ट वडा अध्यक्षहरूले ११ वटा  ताला लगाएका थिए उक्त ताला ५ दिनपछि खोलिएको हो । नगर प्रमुख विष्णु कुमार भाम र असन्तुष्ट वडा अध्यक्षबीच भएको छलफलमा सहमति नजुटे पनि, नगरपालिकामा ताला लामो समय रहँदा जनताको अत्यावश्यक सेवा प्रभावित हुने भएकाले वडा अध्यक्षहरूले नगरप्रमुखलाई विनाशर्त ११ वटा चावी बुझाएका छ्न् । त्यसपछि ताला आइतबारबाटै खोलिएको हो।

वडा अध्यक्षहरूले विरोधको कारण नगर प्रमुखमाथि लगाएका आरोपहरूमा – १७औं नगरसभा संचालन गर्ने तर मिलेमतो नगर्ने, वडाका सचिवहरूमाथि हस्तक्षेप, करार कर्मचारी हटाउँदा मापदण्ड नअपनाउने लगायत रहेका थिए। 

तर नगर प्रमुख विष्णु कुमार भामका अनुसार, ती आरोप कपोकल्पित हुन् र कुनै माग पूरा गर्न नसकिने स्थिति भएकोले वडा अध्यक्षहरूले अन्ततः चावी बुझाएका छ्न् । वडा अध्यक्षका नेतृत्वकर्ता, वडा नं २ का वडा अध्यक्ष परेकराज चौलागाइले भने ‘जनताका अत्यावश्यक सेवा लामो समय अवरुद्ध हुन नदिन चावी बुझाएका हौँ। हाम्रो विरोध र माग यथावत छन्। अब विशेष नगरसभा बोलाएर निर्णय गराउने दवाव दिनेछौँ।’

सुझावित समाचार