प्रोटेक्टिभ माइक्रोको सेयर प्रत्याभूतिकर्ता लक्ष्मी सनराइज क्यापिटल

आइतबार, १ भदौ, २०८२
डिजिटल संस्करण

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले निष्कासन गर्न लागेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को सेयर प्रत्याभूतिकर्तामा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त भएको छ ।

यससम्बन्धी सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयलाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रोका सिइओ नरेशकुमार रोकाले हस्ताक्षर गरे । इन्स्योरेन्सले साढे २२ लाख कित्ता साधारण सेयर जारी गर्नेछ ।

कम्पनीले १२ वर्षदेखि लघु निर्जीवन बिमासम्बन्धी व्यवसाय सञ्चालन गरी बिमालेख जारी गर्दै आएको छ । बिमाको पहुँचबाहिर रहेका समुदायलाई बिमा सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य छ ।

सुझावित समाचार