ग्राहकलाई छुट प्रदान गर्न प्रभु बैंक र न्युरो हस्पिटलको सहकार्य

शुक्रबार, ३१ साउन, २०८२
डिजिटल संस्करण

प्रभु बैंक र बबरमहलस्थित अन्नपूर्ण न्युरो हस्पिटलबिच बैंकका ग्राहक तथा कर्मचारीलाई हस्पिटलको सेवा–सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डा. शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेमकुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन् ।  

यससँगै बैंकका कर्मचारी, तिनका परिवारजन तथा ग्राहकले उक्त हस्पिटलमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकका नेपालभर तीन सय १२ शाखा कार्यालय, दुई सय ८६ एटिएमका साथै ६८ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । 

सुझावित समाचार