२७ अंकले घट्यो नेप्से

सोमबार, २६ साउन, २०८२
डिजिटल संस्करण

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.९० अंकले घटेको छ । सोमबार नेप्से ०.९७ प्रतिशतले घटेर २८२२.४६ विन्दुमा आएको छ । 

नेप्से घट्दा १० अर्ब २१ करोड १ लाख ४२ हजारबराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर कारोबार भएको छ। बजार बन्द हुँदा ३० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २२० वटा कम्पनीको सेयर मूल्य घटेको छ। 

सोमबार ३२४ वटा कम्पनी कारोबारमा आउँदा ९८ हजार ५२५ कित्ता सेयर कारोबार भएको छ। १३ समूहमध्ये सोमबार म्युचुअल फन्डबाहेक सबै समूह राताम्य भएका छन्।

See More On

सुझावित समाचार