एनआइएमबीका ग्राहकलाई गोकर्ण फरेस्ट रिसोर्टमा १५ प्रतिशत छुट

बुधबार, २१ साउन, २०८२
डिजिटल संस्करण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी) र गोकर्ण फरेस्ट रिसोर्ट काठमाडौंबिच छुटसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका डेबिट–क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेस्ट रिसोर्टमा उपलब्ध फुड एन्ड बेभरेज र स्पा सर्भिसमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यस सहकार्यको मुख्य उद्देश्य ग्राहक वर्गलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको बैंकले जनाएको छ। एनआइएमबीले आफ्ना ग्राहकको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको छ। छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

सुझावित समाचार