नेप्से परिसूचक ४१ अंकले घट्यो

मंगलबार, २१ साउन, २०८२
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७८ अंकले घटेर दुई हजार ८३३.५७ को विन्दुमा कायम भएको छ । यो १.४५ प्रतिशतको गिरावट हो ।

आजको कारोबारमा ३२५ कम्पनीको दुई करोड २२ लाख सात हजार १४२ कित्ता सेयर एक करोड ३० लाख ९५३ पटक खरिद–बिक्री हुँदा रु. नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ बराबरको कारोबार भएको छ ।

लघुवित्त समूह ०.४४ र म्युचुअल फन्ड ०.१७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ एक १.०८, विकास बैंक २.४६, वित्त १.८५, होटेल तथा पर्यटन ०.९९, जलविद्युत् १.७१ र जीवन बिमा १.४२ प्रतिशतले घटेको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन १.६३, निर्जीवन बिमा १.२०, व्यापार १.८५ र अन्य समूह २.७६ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

See More On

सुझावित समाचार