सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सन एचिभर्स नाइट २०८२’ सौराहामा सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट हुने अभिकर्तालाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । एमडिआरटी–०२५, सर्वाधिक बिमालेख बिक्री, व्यक्तिगत तथा टिम व्यवसायमा सर्वाधिक बिमाशुल्क संकलन, सर्वाधिक अभिकर्ता सक्रियता आदि विभिन्न विधामा अब्बल हुने अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले व्यवसायका आधारमा अभिकर्तालाई शुक्र, चन्द्र, मंगल तथा दी सन क्लबमा वर्गीकरण गरी सोहीअनुसारको सम्मान पनि गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फँुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंलगायत वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सिइओ अर्यालले यसप्रकारको कार्यक्रमले अभिकर्ताहरूको व्यक्तित्व विकासका साथै बिमा सेवामा थप दक्षता अभिवृद्धि गर्ने बताए । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभरका एक ४३ शाखाबाट जीवन बिमा व्यवसाय सञ्चालन गरिरहेको छ ।