जोर्डनमा व्यावसायिक लिग खेल्दै प्रीति

बुधबार, १४ साउन, २०८२
डिजिटल संस्करण

नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई व्यावसायिक विदेशी लिग खेल्न जोर्डन पुगेकी छिन् । प्रीति सबै प्रक्रिया पूरा गर्दै जोर्डन पुगेकी हुन् । उनलाई एएफसी च्याम्पियनसिप लिग सन् ०२५/०२६ को प्रारम्भिक चरणका लागि अल इत्तिहाद क्लबले अनुबन्ध गरेको हो ।

घरेलु फुटबलमा उनी विभागीय टोली नेपाल एपिएफमा आबद्ध छिन् । इत्तिहाद यो उनको दोस्रो विदेशी क्लब हो । यसअघि उनले भारतको किक स्टार्स फुटबल क्लबबाट पहिलोपटक विदेशी लिगमा पदार्पण गरेकी थिइन् । 

भारतीय महिला लिग खेलिसकेकी प्रीतिले जोर्डनको क्लब राम्रो भएको बताएकी छिन् । उनी आबद्ध क्लब सन् २०१८ मा स्थापना भएको थियो । क्लबले सन् २०२३ र २०२४ मा लगातार लिग जितेको थियो । 

इत्तिहादले गत वर्ष एएफसी महिला च्याम्पियनसिप लिगको प्रारम्भिक चरणका खेल खेलेको थियो । गत वर्षको संस्करणमा इत्तिहाद समूह ‘बी’मा थियो । जसमा भारतको ओडिसा फुटबल क्लब र सिंगापुरको लायन सिटी थिए । आफ्नो समूहमा इत्तिहादले एक खेल मात्रै जितेको थियो । यसपटक इत्तिहाद समूह ‘सी’ छ । 

सुझावित समाचार