भायानेटको स्वतन्त्र सञ्चालकमा कुँवर

शुक्रबार, ९ साउन, २०८२
डिजिटल संस्करण

इन्टरनेट तथा टिभी सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसनको सञ्चालक समितिमा पूर्वबैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी मानिएका क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार भायानेटको बोर्डमा आबद्ध भएका हुन् ।

सन् १९८६ मा तत्कालीन ग्रिन्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक)बाट आफ्नो करिअर सुरु गरी उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, बैंक अफ एसियामा वरिष्ठ पदमा काम गरेका थिए । 

कम्पनीले क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै विभिन्न क्षेत्रमा उनको तीन दशकभन्दा बढीको अनुभवले कम्पनीलाई आगामी दिनमा अझ सशक्त र दिगो विकासतर्फ लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

सुझावित समाचार