नेपाल लाइफलाई सिल्भर अवार्ड

शुक्रबार, १० साउन, २०८२
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड–२०२४ प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रूपमा प्रदान गरिने उक्त अवार्ड कम्पनीले प्राप्त गरेको हो । यसबापत कम्पनीले सिल्भर अवार्ड हात पारेको छ । जीवन बिमा कम्पनीमध्ये यो अवार्ड पाउने नेपाल लाइफ पहिलो कम्पनी बनेको बताइएको छ । 

एक कार्यक्रमबिच महालेखा परीक्षक तोयम रायाले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीणरमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाललाई उक्त अवार्ड प्रदान गरे । कम्पनीलाई जीवन बिमातर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो । जीवन बिमा समूहमा कम्पनीको गत आवमा वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेकाले सो अवार्ड प्रदान गरिएको बताइएको छ ।

यस अवार्डले यस कम्पनीको वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको, खुलासाहरू पर्याप्त रहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार वित्तीय प्रतिवेदन तयार गरेको, वित्तीय पारदर्शिता जवाफदेहिता र संस्थागत सुशासनलाई मध्यनजर गर्दै चुस्त र दुरुस्त रूपमा कार्यसम्पादन गर्दै आएको झल्काउँछ । 

सुझावित समाचार