त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको कार्य गरिरहेको छ।
त्रिभुवन विमानस्थलको ट्याक्सी वे हालसम्म ६० प्रतिशत निर्माण पूरा भइसकेको प्राधिकरणले जनाएको छ। विमानस्थलमा १५ अर्ब रुपैयाँ लागतको धावनमार्ग जोड्ने ट्याक्सी वे, समानान्तर ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्यांगरलगायत निर्माण कार्य जारी छ।
तस्बिरहरू :










