उदयपुरमा ३० केजी गाँजासहित एक महिला पक्राउ

बिहिबार, ८ साउन, २०८२
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिका– ८, बबलाबाट घरमै भण्डारण गरी राखिएको अवस्थामा ३० किलो गाँजासहित एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार सोही स्थान बस्ने वर्ष ४५ कि देवकुमारी थापामगर पक्राउ परेकी हुन् ।

पक्राउ परेकी थापामगरलाई प्रतिबन्धित लागुऔषध गाँजासहित इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
 

See More On

सुझावित समाचार