ग्रामीण लघुवित्तका संस्थापक मर्जर खारेजीको पक्षमा

शुक्रबार, ३ साउन, २०८२
डिजिटल संस्करण

नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका महिला सेयरधनीले साधारणसभाको निर्णय सच्याउन मागसहित ध्यानाकर्षण गराएका छन् ।

संस्थापक महिला सेयरधनी तथा पूर्वसञ्चालक जमुना ढकालसहितको टोलीले सेयर सदस्यलाई साधारणसभामा प्रवेश निषेध गरेर गरिएका निर्णय सच्चाउन माग गर्दै प्रमुख कार्यकारी अधिकृतको ध्यानाकर्षण गराएको हो । 

२८ असारमा सम्पन्न लघुवित्तको दसौँ साधारणसभाले सर्लाहीको मलंगवास्थित समाज लघुवित्तसँग गाभ्ने (मर्जर) प्रस्ताव पारित गरेको थियो । सो निर्णय खारेजीको माग गर्दै संस्थापक महिला सेयरधनीको समूहले बिहीबार प्रधान कार्यालय बुटवलमा संस्थाका सिइओ श्यामकुमार कटुवाललाई भेटेर ध्यानाकर्षणपत्र बुझाए ।  

सुझावित समाचार