कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

बुधबार, १ साउन, २०८२
डिजिटल संस्करण

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीबास कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई कल्याणपुर नगरपालिकाको कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो पक्राउ गरेको हो।

भुक्तानीको सिलसिलामा उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको समयमा मेयर साहलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको जनाएको छ। अहिले आवश्यक मुचुल्का बनाउने काम गरिरहेको आयोगको कार्यालय बर्दीबासले जनाएको छ।

सुझावित समाचार