हेल्प नेपालको पहिलो खेल धिवेहीसँग

बुधबार, ३२ असार, २०८२
डिजिटल संस्करण

हेल्प नेपाल स्पोर्टस् क्लबले माल्दिभ्सको क्लब धिवेही सिफाइन्ससँग काभा च्याम्पियन्स लिगको पहिलो खेलमा प्रतिस्पर्धा गर्दै छ ।

काभाले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार हेल्प नेपालले बिहीबार धिवेहीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

च्याम्पियन्स लिगमा हेल्प नेपालसहित सेन्ट्रल एसियाका पाँच राष्ट्रका ६ क्लबले सहभागिता जनाएका छन् । एकल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको दोस्रो खेलमा माल्दिभ्सकै क्लब एचडिसीसँग खेल्नेछ ।

See More On

सुझावित समाचार