पूर्णिमाको ह्याट्रिकमा नेपालले भुटानलाई ६-१ गोलले हरायो

शुक्रबार, २७ असार, २०८२
डिजिटल संस्करण

नेपालले भुटानलाई ६-१ गोलले पराजित गरेको छ। साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा भएको खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरिन्। उनले १८, ६२ र ८४औँ  मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्।‌ 

नेपालले भुटानलाई पहिलो हाफमा तीन गोल प्रहार गर्यो। दोस्रो हाफमा भुटानले एक गोल फर्काउँदा नेपालले तीन गोल गर्यो। नेपालका लागि खेलको नवौँ मिनेटमा सेनु परियारले गोल गरिन्। १५औँ मिनेटमा सेनु परियारले पूर्णिमा राईलाई दिएको पासमा भएको गोल अफ साइड भयो। 

खेलको १८औँ मिनेटमा वर्षा ओलीले दायाँबाट गरेको क्रसमा पूर्णिमा राईले दोस्रो बारमा गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन्।‌ नेपालले पहिलो हाफमा तेस्रो गोल भने थप गरिएको समयमा गर्यो । नेपालका लागि सेनु परियारले बक्सभित्रबाट  गोल गरिन्।

खेलको ५४औँ मिनेटमा भुटानले गोल फर्कायो। भुटानका लागि केल्डेन वांमाेले नेपालबाट राम्ररी डिफेन्स नभएको बलमा बायाँतर्फबाट गोल गरिन्। ६३औँ मिनेटमा नेपालका लागि पूर्णिमा राईले व्यक्तिगत दोस्रो र नेपालका लागि चौथो गोल गरिन्। 

नेपालका लागि आजको खेलमा पहिलो रोजाइमा पर्दै अमिषा राईले पहिलो रोजाइमा पर्दै उमेर समूहमा डेब्यु गरिन्। खेलको ८४औँ मिनेटमा पूर्णिमा राईले ह्याट्रिक पुरा गरिन्।

‌८८औँ मिनेटमा व्यक्तिगत चौथो र नेपालका लागि छैटौँ गोल गरिन्। नेपालले दोस्रो खेल १३ जुलाईमा घरेलु टिम बंगलादेशसँग खेल्नेछ।

सुझावित समाचार