काठमाडौँको तीनथानामा शुक्रबार बिहान भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका– १५ तीनथानामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु भएको हो। दुर्घटनामा दुईजना घाइते भएका छन्।
बिहान करिब ४ बजेको समयमा चन्द्रागिरि– १५, तीनथानास्थित मुख्य सडकमा दुई सवारीसाधन ठोक्किँदा मोटरसाइकलचालक चन्द्रागिरि– ४, थानकोटनिवासी करिब ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको हो।
दुर्घटनामा स्कुटरका चालक धादिङको खानीखोला घर भएका ३२ वर्षीय विष्णु श्रेष्ठ र स्कुटरको पछाडि सवार धादिङकै धुनीबेँसी– ९ घर भएका २५ वर्षीय विवेक केसी घाइते भएको प्रहरीले जनाएको छ।