पौडी सिक्न गएका बालककाे पोखरीमा डुबेर मृत्यु

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ । यहाँस्थित एक होटेलको पौडीपोखरीमा तालिम गर्न गएका वीरगन्ज महानगरपालिका– ११, रानीघाटका नौवर्षे  बालक बजरंगी रौनियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटेलको तेस्रो तल्लामा रहेको स्विमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो। प्रशिक्षक र जीवनरक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँदै उनले भने, ‘अस्पतालले बुधबार बेलुका  बालकको मृत्यु भएको  जानकारी दिएको छ ।’ 

See More On

सुझावित समाचार