मन्त्री बर्खास्तीमा परेसँगै सुदूरपश्चिममा प्रतिपक्ष बन्यो नाउपा

शनिबार, २१ असार, २०८२
डिजिटल संस्करण
  • सल्लाह नगरी खप्तड पर्यटन क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा खेमराज जोशीलाई नियुक्त गरेको भन्दै असन्तुष्ट मुख्यमन्त्री कमलबहादुर शाहले उद्योगमन्त्री रामेश्वर चौधरीलाई बिहीबार गरे बर्खास्त 

मुख्यमन्त्री कमलबहादुर शाहले उद्योगमन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकार छाडेको छ । प्रदेश संसदीय दलको शुक्रबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । ‘पार्टी केन्द्रको पत्र आएपछि समर्थन फिर्ताको निर्णय गरेका छौँ,’ संसदीय दलका नेता घनश्याम चौधरीले भने, ‘समर्थन फिर्ताको पत्र सरकारलाई बुझाउँछौँ ।’ मुख्यमन्त्री शाह काठमाडौं रहेकाले पत्र बुझाउन नसकिएको उनले बताए । 

तत्कालीन मन्त्री चौधरीले आफूसँग सल्लाह नगरी खेमराज जोशीलाई खप्तड पर्यटन क्षेत्र विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै असन्तुष्ट मुख्यमन्त्री शाहले बिहीबार बर्खास्त गरेका थिए । उनले त्यसअघि ३ असारमा चौधरीको राजीनामा मागेका थिए । स्रोतका अनुसार यसअघि कृषिमन्त्री भएका वेला चौधरीले अनुदान वितरणमा आर्थिक चलखेल गरेको विषयमा अख्तियारले समेत छानबिन गरिरहेको छ । 

सुझावित समाचार