देशभित्र लोकप्रियता र पश्चिमाको विश्वास घुमाउँदै राष्ट्रपति लुला

शुक्रबार, २० असार, २०८२
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाले इरानी आणविक स्थलमा विशाल ‘बंकर–बस्टर’ बम प्रहार गरेको केही घण्टापछि जुन २२ मा ब्राजिलको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्यो । विज्ञप्तिमा अमेरिकी आक्रमणको ‘कडा निन्दा’ गरिएको थियो र हमला ‘इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’ भएको उल्लेख थियो । यस्तो भाषा शक्तिले ब्राजिललाई अन्य पश्चिमी लोकतन्त्रभन्दा फरक देखायो, जसले या त सो हमलालाई समर्थन गरेका थिए वा चिन्ता जाहेर गरेका थिए ।

जुलाई ६ र ७ मा ब्राजिल, चीन, रुस र दक्षिण अफ्रिकासहित ११ उदीयमान अर्थतन्त्रको समूह ‘ब्रिक्स’को शिखर सम्मेलन रियो दि जेनेरियोमा आयोजना हुदैँछ । सन् २०२४ मा ब्रिक्सको सदस्य बनेको इरानले सम्मेलनमा प्रतिनिधिमण्डल पठाउने अपेक्षा गरिएको छ । समूहको अध्यक्षता हाल ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले गरिरहेका छन् । मूल रूपमा, सदस्य भएको कारणले ब्रिक्सले ब्राजिललाई विश्वव्यापी प्रभाव पार्ने प्लेटफर्म प्रदान गरेको थियो । 

तर, समुहमा संलग्न भएका कारण ब्राजिल पश्चिम विरोधी देखिदैं पनि गएको छ । ‘चीनले ब्रिक्सलाई आफ्नो विदेश नीतिको औजारको रूपमा जति धेरै रूपान्तरण गर्छ र युक्रेनमा आफ्नो युद्धलाई वैधानिक बनाउन रुसले ब्रिक्सलाई जति धेरै प्रयोग गर्छ, ब्राजिललाई आफू असंलग्न भएको भन्न त्यति नै गाह्रो हुनेछ,’ साओ पाउलोको विश्वविद्यालय फन्डाकाओ गेटुलियो वर्गासका माटियास स्पेक्टर भन्छन् ।

ब्राजिलका कूटनीतिज्ञले शिखर सम्मेलनलाई सामान्य  विषयमा केन्द्रित गरेर समस्या समाधान गर्न खोजिरहेका छन् । खोप र स्वास्थ्य सेवामा सहयोग, हरित–ऊर्जा संक्रमण र अन्तर्राष्ट्रिय व्यापारको आधारको रूपमा सबैभन्दा मनपर्ने राष्ट्रको स्थिति कायम राख्नु, जहाँ देशहरूले विश्व व्यापार संगठनका सबै सदस्यलाई समान रूपमा व्यवहार गर्छन् । उनीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नरुचाउने विषयाई पन्छाउन चाहिरहेका छन् । यसमा धेरैको नजर छ– डलरको सट्टा स्थानीय मुद्रामा व्यापार गर्ने ब्रिक्स–नेतृत्वको प्रयासमाथि । 

सायद ब्राजिलका कूटनीतिज्ञहरू इरानी प्रतिनिधिमण्डल सम्मेलनमा मौन रहुन् भन्ने चाहन्छन् । ‘हामी अहिले क्षति न्युनिकरणको क्षणमा छौँ,’ एक वरिष्ठ ब्राजिलियन कूटनीतिज्ञ भन्छन् । प्राय धेरै अधिनायकवादी–शासन भएका देश सदस्य रहेको ब्रिक्समा ब्राजिलको भूमिका लुलाको बढ्दो असंगत विदेश नीति झल्किन्छ । 

डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेदेखि लुलाले अमेरिकासँग सम्बन्ध स्थापित गर्न प्रयास गरेका छैनन् । दुईजना व्यक्तिले कहिल्यै व्यक्तिगत रूपमा भेटेको रेकर्ड छैन । अर्थात्, ब्राजिललाई सबैभन्दा ठुलो अर्थतन्त्र बनाएका नेता लुलाले अमेरिकाका राष्ट्रपतिसँग हात मिलाएका छैनन् । बरु लुला चीनप्रति नरम देखिन्छन् । उनले गत वर्ष दुईपटक चीनका राष्ट्रपति सी जिनपिङलाई भेटे ।

सायद लुला व्यापार साझेदारको रूपमा अमेरिकामाथि विश्वको विश्वास गुमेको अवस्थाको फाइदा उठाउने प्रयास गर्दैछन् । उनले युरोपसँग घुलमिल भएर व्यापार सम्बन्ध विस्तार गरेका छन् । मार्च महिनामा उनले जापानको भ्रमण गरे । जापानले आफ्नो देशमा प्रयोग हुने अधिकांश गाईको मासु संयुक्त राज्य अमेरिकाबाट आयात गर्छ । भ्रमणका क्रममा उनले ब्राजिलियन मासुलाई विकल्पको रूपमा पेस गरे । उनका मन्त्रीहरूले ब्राजिलियन कृषि आयात बढाउने तरिकाबारे छलफल गर्न चिनियाँ अधिकारीसँग भेट गरिरहेका छन् ।

तर, यी भेट यस्तो भव्यताका साथ आएको छ, जुन विश्व मञ्चमा ब्राजिलको ‘वेट’सँग मेल नखाने खालको छ । मे महिनामा लुला दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मस्कोले आयोजना गरेको महत्वपूर्ण स्मरण सभामा उपस्थित हुने ठुला लोकतन्त्रका एक मात्र नेता थिए । भ्रमणका क्रममा उनले पुटिनलाई युक्रेनमा युद्धको अन्त्यका लागि मध्यस्थताको प्रयास गर्ने संकेत गरे । तर, उनको कुरालाई न पुटिन सुने न अन्य नेताले नै ।

छिमेकी देशसँग पनि ब्राजिलको व्यावहारिक संलग्नता घटेको छ । वैचारिक भिन्नताका कारण लुलाले आफ्ना अर्जेन्टिनी समकक्षी जेभियर मिलेसँग कुरा गर्दैनन् । सन् २०२३ मा तेस्रोपटक पदभार ग्रहण गर्दा उनले भेनेजुएलाका निरंकुश शासक निकोलस मादुरोलाई अँगालो हाले (मादुरोले गत वर्ष अर्को चुनावमा धाँधली गरी सत्ता हत्याएपछि मात्र सम्बन्धमा चिसोपन आएको छ ।) 

सन् २०१० मा भूकम्पले देशलाई तहसनहस पारेपछि हैटीलाई स्थिर बनाउने संयुक्त राष्ट्र संघको अभियानको नेतृत्व ब्राजिल गरेको थियो । अहिले सो देशप्रति उ मौन छ । अहिले हैटीमा कुनै दलभन्दा गुन्डा समूहको बढि प्रभाव देखिन्छ । ट्रम्पको आप्रवासी निर्वासन र शुल्क युद्धविरुद्ध ब्राजिल ल्याटिन अमेरिकी राष्ट्रलाई एकजुट गर्न अनिच्छुक वा असमर्थ देखिन्छन् ।

विश्व मञ्चमा कमजोर लुलाको स्वदेशमा पनि लोकप्रियतामा र्हास आएको छ । राष्ट्रपतिको रूपमा पहिलो दुई कार्यकालमा सन् २००३ देखि २०१० सम्म उनी विश्वका सबैभन्दा लोकप्रिय नेतामध्ये एक थिए । घरेलु लोकप्रियताको शक्तिले लुलालाई विदेशमा विश्वसनीयता प्रदान गर्यो । धेरैले उनलाई द्रुत–विकासशील अर्थतन्त्रका लागि एक प्रमुख व्यक्तित्वको रूपमा देखे ।

तर, अब लुला ब्राजिलमा बढ्दो रूपमा अलोकप्रिय छन् । धेरै ब्राजिलियनले उनको वर्कर्स पार्टीलाई भ्रष्टाचारसँग जोड्छन् । एक काण्डका कारण उनी एक वर्षभन्दा बढी समय कारागारमा बस्न बाध्य भए । पछि उनको सजाय रद्द भएको थियो । ट्रेड युनियन, सामाजिक कल्याणकारी सोच भएका क्याथोलिकहरू र सरकारी सहायता पाउने विपन्र्नहरूको समर्थनमा उनले पार्टी निर्माण गरेका थिए । तर, आज ब्राजिल एउटा यस्तो देश हो, जहाँ कट्टर इसाई धर्म फस्टाउँदै छ । त्यस्तै, कृषिमा रोजगारी र अर्थतन्त्र द्रुत गतिमा बढिरहेको छ ।

लुलाको व्यक्तिगत स्वीकृति मूल्यांकन ४० प्रतिशतआसपास छ, जुन उनको तीन कार्यकालको अवधिको कुनै पनि बिन्दुको सबैभन्दा कम हो । ब्राजिलका २८ प्रतिशत जनताले मात्र उनको सरकारलाई अनुमोदन गरेको बताएका छन् । जुन २५ मा नयाँ कर बढाउनेसम्बन्धि उनको कार्यकारी आदेशलाई अस्वीकार गरेर कंग्रेसले एक हिसाबले उनलाई अपमानित गर्यो । ३० वर्षभन्दा बढी समयपछि पहिलोपटक सांसदहरूले कार्यकारी आदेशलाई उल्ट्याएका हुन् । यसले अर्को वर्षको आमचुनावअघि खर्च गर्न सरकारलाई कम वित्तीय स्थान दिनेछ ।

ब्राजिलको कट्टर दक्षिणपन्थी अभियान ट्रम्पको ‘अमेरिकालाई फेरि महान् बनाउने (मागा)’ आन्दोलनसँग मिल्दोजुल्दो छ । ब्राजिलको कट्टर दक्षिणपन्थी अभियानको नेतृत्व पूर्वराष्ट्रपति जैर बोल्सोनारोले गरेका छन् । कतिपयले उनलाई ब्राजिलका डोनाल्ड ट्रम्पसमेत भन्ने गर्छन् । सन् २०२२ मा चुनाव हारेपछि सत्तामा रहनका लागि कुको षड्यन्त्र रचेको आरोपमा बोल्सोनारोमाथि मुद्दा चलिरहेको छ । त्यस मुद्दामा उनलाई चाँडै जेल सजाय हुने सम्भावना छ । उनले दक्षिणपन्थी नेतृत्वका लागि उत्तराधिकारी नियुक्त गरेका छैनन् । यदि उनले उत्तराधिकार नियुक्ति गरे र २०२६ मा हुने चुनावअघि दक्षिणपन्थीले ती व्यक्तिलाई समर्थन जनाए पनि राष्ट्रपति पद उनीहरूको हुनेछ ।

ट्रम्पले लुलाजस्ता नेताकोभन्दा आफूसँग मित्रवत् रहने नेताहरूको बढि आलोचना गर्छन् । उनले जनवरीमा पदभार ग्रहण गरेदेखि ब्राजिलबारे लगभग केही भनेका छैनन् । संयुक्त राज्य अमेरिकासँग ब्राजिलको भारी व्यापार घाटा छ (प्रतिवर्ष ४३० अर्ब) । ट्रम्पलाई अन्य देशले संयुक्त राज्य अमेरिकाबाट बढी किनेको पक्कै पनि मन पर्छ । तर, उनको मौनताको कारण ब्राजिल, अपेक्षाकृत रूपमा टाढा र भूराजनीतिक रूपमा निष्क्रिय भएकाले पनि हुन सक्छ । युक्रेन वा मध्य पूर्वमा युद्धको प्रश्नहरूमा उसले त्यति फरक पार्दैन । लुलाले निष्क्रय भएको बहाना गर्न बन्द गर्नुपर्छ र आफ्ना छिमेकी देशमा भइरहेका मामिलामा ध्यान केन्द्रित गर्नुपर्छ ।

–इकोनोमिस्टबाट
 

See More On

सुझावित समाचार