जबर्जस्ती करणी उद्योग मुद्दाका फरार कसुरदार पक्राउ

शुक्रबार, २० असार, २०८२
डिजिटल संस्करण

जबर्जस्ती करणी उद्योग मुद्दाका फरार कसुरदारलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जिल्ला स्याङ्जा चापाकोट नगरपालिका– ९, सुन्तलीटार बस्ने वर्ष ५० का ध्रुवराज भण्डारी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार अदालतबाट जबर्जस्ती करणी उद्योग कसुर मुद्दामा तीन वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना ठहर भई फरार रहेका भण्डारीलाई पक्राउ गरिएको हो ।

अदालतले गरेको फैसला भुक्तान गर्न बाँकी रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुलका लागि स्याङ्जा जिल्ला अदालतमा बिहीबार उपस्थित गराइएको तिवारीले जानकारी दिए ।
 

सुझावित समाचार