सत्तासमीकरणका धेरै परीक्षण भए, अब गठबन्धनको अन्य विकल्प छैन : कांग्रेस प्रवक्ता

मंगलबार, १७ असार, २०८२
डिजिटल संस्करण
सत्तासमीकरणका धेरै परीक्षण भए, अब गठबन्धनको अन्य विकल्प छैन : कांग्रेस प्रवक्ता

फाइल तस्बिर

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनबारे अब धेरै विकल्प नरहेको बताएका छन्।

पार्टी केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महतले भने, ‘गठबन्धनको बारेमा समग्रमा धेरै विकल्प हामीसँग छैन। कसैको बहुमत छैन, विभिन्न खाले परीक्षण भइसक्यो सत्तासमीकरणको।’

केही नेताको गुनासो रहेको उल्लेख गर्दै उनले गठबन्धनमा सबै कुरा आफूले भनेजस्तो नहुने प्रस्ट्याए।

पार्टीबाट मन्त्री भएकाहरूले राम्रो नतिजा दिनुपर्ने भन्ने नेताहरूको धारणा रहेको बताउँदै महतले भने, ‘गुनासो त हाम्रो पार्टीबाट गएका मन्त्रीहरूले राम्रो काम गर्नुपर्यो भन्ने छ।’

सुझावित समाचार