मौद्रिक नीतिका लागि कोशीका उद्योग व्यवसायीले पठाए सुझाव : साना उद्योगीको कर्जा सीमा १० करोड पुर्‍याऊ

शुक्रबार, १३ असार, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशका उद्योग व्यवसायीहरूले आगामी आर्थिक वर्षका लागि जारी हुने मौद्रिक नीतिका लागि सुझाव पठाएका छन् । कोशीका उद्योगी–व्यापारीहरूको संस्था उद्योग वाणिज्य महासंघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ र उद्योग परिसंघ कोशीले मौद्रिक नीतिबारे संस्थागत सुझाव पठाएका हुन् । 

कोशीका सबै उद्योग व्यापार संघहरूले आगामी मौद्रिक नीति व्यवसायमैत्री, पारदर्शी र दिगो आर्थिक विकासलाई टेवा दिने खालको हुनुपर्ने र नीति–निर्माणका क्रममा प्रदेशका व्यावसायिक समुदायको आवाजलाई प्राथमिकतामा दिन पनि राष्ट्र बैंकसँग आग्रह गरेका छन् ।

सुझावित समाचार