त्रिविका निमित्त उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गर्नेहरू गृहमन्त्री रमेश लेखककै आडमा छुटेपछि त्रिविका पदाधिकारीले थप असुरक्षित महसुस गरेका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरुले सुरक्षा माग गरेका छन्।
उपकुलपतिको कार्यालयमा तोडफोड गर्नेमध्ये नेविसंघका दुई नेता पक्राउ गरिएकोमा उनीहरू दुई दिनमै छुटेका थिए। त्रिविले उजुरी दिएका अन्य आरोपीलाई प्रहरीले गृह मन्त्रालयको दबाबमा अनुसन्धानको दायरामा नै ल्याउन सकेको छैन। जसकारण त्रिविका पदाधिकारी अझै कार्यालय जान सकेका छैनन्।
ओलीलाई भेट्न पुगेका निमित्त कुलपति प्रा.डा. केसी, रजिस्ट्रारलगायतको टोलीले त्रिविको असुरक्षित वातावरणबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। ‘असुरक्षित छौँ, चिन्तन, मनन, मन्थन र प्राज्ञिक काम गर्न त्यस्तो वातावरण सकिँदैन, सरकारले सुरक्षा दिओस् भनेर माग गरेका छौँ,’ निमित्त उपकुलपछि डा.केसीले भेटमा भने, ‘प्रधानमन्त्रीज्यूले पनि सोहीअनुसार गृहमन्त्रीज्यूलाई निर्देशन दिनुभएको छ, त्रसित वातावरण र मानसिकतामा काम गर्न सकिँदैन, त्रिविलाई शान्ति क्षेत्र घोषणा नगरेसम्म रूपान्तरण गर्न सकिँदैन।’
प्राडा. केसीले विश्व विद्यालयको सुरक्षा प्रबन्धबारे लिखित निवेदनसमेत ओलीलाई बुझाएका छन्। उक्त निवेदनमा त्रिवि तोडफोड गर्नेलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्तिसमेत भराउनुपर्ने व्यहोरा उल्लेख गरिएको छ। ‘हामीले सुरक्षा प्रबन्ध नभएसम्म काम गर्न नसकिने स्पष्टसमेत पारेका छौँ, पक्राउ गरिएका व्यक्तिलाई छाडिएको विषय पनि उठायौँ, क्षतिपूर्ति तिराउनेबारे पनि सम्झायौँ,’ निमित्त उपकुलपति प्राडा केसीले भने।
१४ जेठमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय तोडफोड भएको थियो। परीक्षाको फारम खुलेपछि पनि भर्नाका लागि दबाब दिँदा नमानेको भन्दै उनीहरूले तोडफोड गरेका थिए।
सो घटनामा नाइके नेविसंघका नेताहरू मदन उपाध्याय र पुकार पराजुली भएको भनेर उजुरी परेको थियो। प्रहरीले सानोठिमी क्याम्पसका स्ववियु सचिव दिक्पाल कार्की र शंकरदेव क्याम्पसका विद्यार्थी नेता लोकेश कुँवरलाई पक्राउ गरेकोमा दुई दिनमै उनीहरूविरुद्धको मुद्दा बुझाएर धरौटीमा छाडिएको थियो। मुख्य आरोपी उपाध्याय गृहमन्त्री लेखकनिकट भएकाले यो मुद्दामा गृह मन्त्रालयकै निर्देशनमा निष्पक्ष अनुसन्धान हुन नसकेको त्रिविका अधिकारी बताउँछन्।
तोडफोड गर्नेहरू गृहमन्त्रीको आडमा छुटेपछि प्रधानमन्त्रीलाई भेटेर त्रिवि पदाधिकारीले सुरक्षा मागे
चार सहसचिव सचिवमा बढुवा
२ हप्ता अघि
सुझावित समाचार
बिचौलिया इनाम सापकोटाको मोबाइलमा भेटिएका गोप्य सन्देश, जसले एआइजी दाहालको निलम्बन भयो
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट इनाम सापकोटाको मोबाइलमा भेटिएका केही गोप्य सन्देशपछि सरकारले…
दुर्गा प्रसाईंविरुद्ध अदालतमा साइबर अपराधको अर्काे मुद्दा दर्ता, साढे सात वर्ष कैद सजाय माग
काठमाडौं/ व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसम्बन्धी अर्काे मुद्दा दायर भएको छ। जिल्ला अदालत, काठमाडौंमा सोमबा…
सुरक्षासम्बन्धी गम्भीर सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआइजी बंशीराज दाहाल निलम्बित
काठमाडौं- सुरक्षासम्बन्धी गम्भीर सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका एआइजी बंशीराज दाहाललाई सरकारले निलम्बन गरेक…
लोकतान्त्रिक प्रक्रियाबाट आउनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक छ
काठमाडौं/ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको संघर्षबाट अभिव्यक्ति स्वतन्त्रता पाएको उल्लेख गर्दै प्रधानमन्त्री ब…
जेन-जी आन्दोलनका फौजदारी मुद्दा फिर्तासम्बन्धी प्रतिवेदन गृहमा पठाउने निर्णय
काठमाडौं/ सरकारले जेन-जी आन्दोलनका फौजदारी मुद्दा फिर्तासम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको …
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
काठमाडौं । असोज ९ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएकाे छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरे…