नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

सोमबार, २ असार, २०८२
डिजिटल संस्करण

त्रिकोणात्मक टी–२० आईअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ रोजेको छ। टस जितेर नेपालले नेदरल्यान्ड्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

नेपालको तुलनामा नेदरल्यान्ड्स अनुभवी राष्ट्र हो। नेदरल्यान्ड्सले २ अगस्ट २००८ मै केन्याविरुद्ध आफ्नो पहिलो टी–२० आई खेलेको थियो। जबकि नेपालले २०१४ मा मात्रै पहिलो टी–२० आई खेलेको हो।

टी–२० विश्वकपमा नेदरल्यान्ड्सले ६ पटक प्रतिस्पर्धा गरिसक्दा नेपालले दुईपटक मात्र खेलेको छ।

सुझावित समाचार